युएईबाट थप ३८ टन राहत सामग्री नेपाल आइपुग्दै, कुल सहायता १८६ टन पुग्यो
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई) ले बाढी तथा पहिरो प्रभावितका लागि थप करिब ३८ टन राहत सामग्री नेपाल पठाएको छ।युएईको मानवीय हवाई सहायता अभियानअन्तर्गत चौथो राहत विमानमार्फत उक्त सामग्री नेपाल पठाइएको हो। यससँगै नेपालका लागि हवाई मार्गबाट पठाइएको युएईको कुल राहत सामग्री १८६ टन पुगेको जनाइएको छ।पछिल्लो खेपमा ५०० वटा पाल र १०८ वटा राहत प्याकेज समावेश छन्। राहत...

