कालीगण्डकी उर्लियोः मिर्मीको मोटरेबल पुल बग्यो, जलविद्युत् उत्पादन बन्द, सेतीवेणी डुबानमा
काठमाण्डौ । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको छ।लगातारको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि पुल बगेको हो। पुल बगेसँगै स्याङ्जा र गुल्मीबीचको उक्त सडक सम्पर्कसमेत प्रभावित भएको छ।यसैबीच, मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत्...

