सारी किन्न र स्कुल शुल्क तिर्न विदेशिनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ : सभामुख अर्याल
काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले सामान्य पारिवारिक आवश्यकता पूरा गर्नकै लागि नेपाली नागरिक विदेशिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रीमतीको सारी किन्न, बालबालिकाको विद्यालय शुल्क तिर्न वा परिवारका सदस्यको उपचार खर्च जुटाउनकै लागि विदेश जानुपर्ने अवस्था मुलुकको आर्थिक तथा रोजगारी प्रणालीको कमजोरीसँग...

