सभापोखरी हाइड्रोपावरको ३.७५ लाख कित्ता जगेडा सेयर बिक्रीमा
काठमाण्डौ । सभापोखरी हाइड्रोपावर लिमिटेडले जगेडा सेयर बिक्रीमा राखेको छ । कम्पनीले जगेडामा रहेका जम्मा ३ लाख ७५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको पूँजी वृद्धि भएपश्चात कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको जगेडामा रहेका उक्त सेयर प्रति कित्ता १०० रुपैयाँको दरले बिक्रीमा राखिएको हो ।