काठमाण्डौ । सभापोखरी हाइड्रोपावर लिमिटेडले जगेडा सेयर बिक्रीमा राखेको छ । कम्पनीले जगेडामा रहेका जम्मा ३ लाख ७५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीको पूँजी वृद्धि भएपश्चात कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको जगेडामा रहेका उक्त सेयर प्रति कित्ता १०० रुपैयाँको दरले बिक्रीमा राखिएको हो ।
कम्पनीका इच्छुक सेयरधनीहरुलाइ बिक्री गर्ने तथा सो समय भित्र कुनै सेयरधनीको सेयर खरिद गर्न निवेदन नपरेमा वा सेयरधनीहरुले खरिद गर्न निवेदन परे पश्चात बाँकी रहेको सेयर सेयरधनी बाहेकका अन्य इच्छुक नेपाली नागरिक र नेपालमा दर्ता भएका कम्पनीहरुलाई बिक्री गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
यसर्थ हाल कायम सेयरधनीहरुले यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र सेयर खरिदको लागि काठमाण्डौको वनस्थलीमा रहेको कम्पनीको ठेगानामा प्राप्त हुने गरी आफूले खरिद गर्न चाहेको कित्ता संख्या उल्लेख गरि निवेदन पेश गर्नु पर्नेछ । सेयर बिक्री सम्बन्धमा कम्पनीबाट भएको निर्णय अन्तिम हुने कम्पनीले जनाएको छ ।