सालमनीदेवी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
काठमाण्डौ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैययाँ दरको आयोजना प्रभावितलाई ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० कित्ता गरी कुल १७ लाख कित्ता साधारण निष्कासन गर्न प्रक्रिया अघि बढाएको छ ।

