बाढीपीडितका लागि अमेरिकी संस्था ‘समरिटन्स पर्स’को ४० टन राहत सामग्री काठमाडौं आइपुग्यो
काठमाण्डौ । रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि अमेरिकी मानवीय संस्था ‘समरिटन्स पर्स’ले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्री तथा सौर्य बत्तीलगायत अत्यावश्यक सामग्री समावेश छन्। यी सामग्री स्थानीय साझेदार संस्थामार्फत...

