पाँच समस्याग्रस्त सहकारीका ११४ ठूला ऋणी सार्वजनिक
काठमाण्डौँ । बागमती प्रदेशअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच वटा समस्याग्रस्त सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ। बचतकर्ताको रकम फिर्ता प्रक्रिया प्रभावकारी बनाउन र ऋण असुलीलाई तीव्रता दिन समितिले यस्तो कदम चालेको जनाएको छ।

