‘लचक मौद्रिक नीतिः निर्माण व्यवसायीलाई बम्पर, बैंकलाई राहात’
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसनका भाइस प्रेसिडेन्ट सन्तोष कोइरालाले निकै लचक मौद्रिक नीति आएको बताएका छन् । व्यवसायदेखि बैंकहरुसम्मका समस्यालाई सम्बोधन गर्ने गरी नीतिगत व्यवस्थाहरु आएका उनको भनाई छ ।