रिलायन्सको मूल्य बढाउन ६३% सम्पत्ति गुमाएर बिक्री गर्नेमाथि कारबाही हुने, आईपीओ मूल्यमा पुग्न करिब ५० करोबार दिन लाग्ने
काठमाण्डौ । नेपालको पूँजीबजारमा सोमबार इतिहासकै दुर्लभ घटनाको सुरुवात भएको छ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको सेयर सूचिकरण भई आज(सोमबार) पहिलो कारोबार भयो, जहाँ आईपीओमा लगानी गरेको मूल्यभन्दा ६२.७१ प्रतिशत कममा झरेर न्यून कित्ता मात्र कारोबार भयो । पहिलो कारोबारका क्रममा मूल्य २ प्रतिशत बढेर प्रतिकित्ता ३०६ रुपैयाँ पुगेको देखिएको छ । यो कम्पनीले सर्वसाधारणका लागि...

