सिंगापुरको सेयर बजारमा सूचीकृत कम्पनीको संख्या २० वर्षकै न्यून, यो वर्ष ४ वटा मात्रै आईपीओ जारी
काठमाण्डौ । सिंगापुरको सेयर बजारमा सूचीकृत कम्पनीको संख्या विगत २० वर्षकै न्यून स्तरमा पुगेको छ । फाइनान्सियल टाइम्सका अनुसार यो वर्ष ४ वटा कम्पनी मात्रै सिंगापुर स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् । यस्तै सिंगापुर स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको संख्या समेत घटेर ६१७ मा सीमित बनेको छ । जुन सन् २०१३ मा ७८२ रहेको थियो । सूचीकृत कम्पनीहरुको घट्दो संख्याले कम्पनीहरु अन्य...