बुधबार, आश्विन २८,२०८३ 05:24:11
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 05:24:11
Bizshala
Global IME Bank Limited

सिंगापुरको सेयर बजारमा सूचीकृत कम्पनीको संख्या २० वर्षकै न्यून, यो वर्ष ४ वटा मात्रै आईपीओ जारी

Bizshala
सिंगापुरको सेयर बजारमा सूचीकृत कम्पनीको संख्या २० वर्षकै न्यून, यो वर्ष ४ वटा मात्रै आईपीओ जारी
New Office

काठमाण्डौ । सिंगापुरको सेयर बजारमा सूचीकृत कम्पनीको संख्या विगत २० वर्षकै न्यून स्तरमा पुगेको छ । फाइनान्सियल टाइम्सका अनुसार यो वर्ष ४ वटा कम्पनी मात्रै सिंगापुर स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् ।  

यस्तै सिंगापुर स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको संख्या समेत घटेर ६१७ मा सीमित बनेको छ । जुन सन् २०१३ मा ७८२ रहेको थियो । सूचीकृत कम्पनीहरुको घट्दो संख्याले कम्पनीहरु अन्य बजार विशेष गरेर अमेरिकी सेयर बजारतर्फ पलायन भईरहेको रिपोर्टमा उल्लेख गरिएको छ । कम्पनीहरु राम्रो मूल्यांकन र तरलता भएका सेयर बजारतर्फ आकर्र्षित भईरहेका छन् । चिनियाँ दिग्गज फेसन कम्पनी सियन पनि आफ्नो होस्ट देशलाई बाईपास गर्दै लण्डन स्टक एक्सचेञ्जमा सन् २०२२ देखि सूचीकृत छ । यो कम्पनीको सम्भावित बजार पूँजीकरण ५० अर्ब डलर रहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस्तै, सिंगापुरका कम्पनीहरु जस्तै ग्राय्ब र सि ले पनि आईपीओका लागि अमेरिकी सेयर बजारलाई रोजेका छन् । सिंगापुरको सेयर बजारप्रति कम्पनीहरुले देखाएको अविश्वासको समीक्षा गर्न ‘मोनिटरी अथोरिटी अफ सिंगापुर(एमएएस)’ले यही वर्ष देशको सेयर बजारको समीक्षा गरेको थियो । सिंगापुर स्टक एक्सचेञ्ज,एमएएस र सरकारी लगानी कम्पनी टिमासेकको रिभ्यु प्यानले देशको सेयर बजारमा धेरै भन्दा धेरै विदेशी फण्ड म्यानेजर र कम्पनीलाई आकर्षित गर्ने निर्णय गरेका थिए ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

डियलोजिकका अनुसार यो वर्ष दक्षिणपूर्वी एशियामा आईपीओ मार्फत संकलन भएको रकम विगत १० वर्षकै न्यून हो । तर यो वर्ष  मलेशियामा ४६ वटा, इन्डोनेशियामा ३९ र थाईल्याण्डमा २८ आईपीओ जारी भएका थिए । फिलिपिन्सले यो वर्ष ३ वटा आईपीओबाट मात्रै १९७ मिलियन डलरबराबरको रकम संकलन गरेको छ । जुन सिंगापुरले चारवटा आईपीओबाट संकलन गरेको ३१ मिलियन भन्दा धेरै हो ।  

सिंगापुरले बोन्ड,डेरिभेटीभ र रियल स्टेट इन्भेष्टमेन्ट ट्रष्टका लागि राम्रो मार्केट प्लेटफर्म तयार गरेको छ । तर आईपीओ बजारका लागि भने सिंगापुरको बजारप्रति कम्पनीहरु आकर्षित हुन सकिरहेका छैनन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X