एकल बीमाशुल्क योजनाबाटै रु.७ अर्ब संकलन, के हो एकल बीमाशुल्क योजना ?
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले एक वर्षमै एकल बीमाशुल्क अन्तर्गत बीमालेख बिक्री गरी ७ अर्ब रुपैयाँ भन्दा बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये १३ कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ६ करोड १८ लाख रुपैयाँ एकल बीमाशुल्क आर्जन गरेका हुन् । राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक सबै जीवन बीमकहरुले एकल बीमाशुल्क अन्तर्गत बीमालेख बिक्री गरी...