स्मार्ट डोर्सले जारी पूँजी र सर्वसाधारणलाई छुट्टाएको आईपीओको प्रतिशत परिवर्तन गर्ने
काठमाण्डौ । स्मार्ट डोर्स लिमिटेडले जारी पूँजी र सर्वसाधारणलाई छुट्टाएको आईपीओको प्रतिशत परिवर्तन गर्ने भएको छ । कम्पनीले यस प्रयोजनका लागि विशेष साधारण सभा डाकेको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २४ गते काठमाण्डौको टोखामा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

