खुर्कोटमा सुनकोशी नदीको जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च जोखिम
काठमाण्डौ। सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। अविरल वर्षाका कारण नदीको जलसतह निरन्तर बढिरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज बिहान ७ बजेर २ मिनेटमा गरिएको मापनमा खुर्कोटस्थित जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको हो। पछिल्लो मापनअनुसार बिहान...

