२२ अर्बको लगानीमा बनेको नागढुंगा सुरुङमार्गबाट वार्षिक करिब ३५ करोड राजस्व संकलन हुने अपेक्षा
काठमाण्डौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अन्तिम चरणमा पुगेसँगै यसको सञ्चालनले यातायात र आर्थिक गतिविधिमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। करिब ९९ प्रतिशत भौतिक प्रगति पूरा भइसकेको यो आयोजना अब छिट्टै सञ्चालनमा जाने तयारीमा छ।

