धितोपत्र कसूरमा सीआईबीको सोझो प्रवेश रोकिँदै, अनुसन्धानको पहिलो अधिकार सेबोनलाई
काठमाण्डौ । धितोपत्रसम्बन्धी कसूरको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोझै प्रवेश गर्ने अभ्यास रोकिने भएको छ। धितोपत्र बजारसँग सम्बन्धित कसूरको प्रारम्भिक जाँचबुझ तथा अनुसन्धान नेपाल धितोपत्र बोर्ड (सेबोन)बाटै हुने गरी कानुनी व्यवस्था परिवर्तन गर्न सरकारले प्रक्रिया अघि बढाउने भएको हो।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको...

