भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर
काठमाण्डौ । भारतको सेयर बजारमा टि प्लस 0 व्यवस्था लागू हुने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटी बोर्ड अफ इण्डिया’(सेबी)ले आगामी मार्च २८ देखि सेयर कारोबार राफसाफमा टि प्लस 0 व्यवस्था लागू गर्ने तयारी गरेको हो । यससँगै भारतमा अब सेयर किनबेच भएकै दिन धितोपत्र राफसाफ तथा फस्यौट हुने भएको छ । रिपोर्टका अनुसार सेबीका अध्यक्ष माधवी पुरीले सेयर कारोबारको राफसाफ तत्काल...