ओजेम्पिक, वेगोभी र माउन्जारोको पेटेन्ट सकिँदै, सस्तो तौल घटाउने औषधिको युग शुरु हुने अपेक्षा
काठमाण्डौ । मोटोपन (ओबेसीटी) को समस्यासँग जुधिरहेका लाखौं मानिसका लागि तौल घटाउने औषधिहरू पछिल्ला वर्षमा स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने “गेम चेन्जर”का रूपमा हेरिएका छन्। विशेषगरी ओजेम्पिक, वेगोभी र माउन्जारो जस्ता औषधिहरूले तौल नियन्त्रणमा उल्लेखनीय परिणाम देखाएपछि विश्वभर यसको माग तीव्र रूपमा बढेको छ।

