भोटेकोशी बाढीपछि बेपत्ता टिमुरे भन्सारका अधिकृत नकुल शर्मा गोरखामा मृत भेटिए
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शर्माको शव गोरखातर्फ पर्ने त्रिशूली नदी किनारमा भेटिएको हो।हुम्लाको ताजाकोट गाउँपालिका–२ स्थायी घर भएका शर्मा बाढीपछि बेपत्ता भएका थिए। खोजीका क्रममा उनको शव त्रिशूली नदीको...

