कालीमाटी बजारमा तरकारी मूल्यमा मिश्रित असर, केही महँगिए केही सस्तिए
काठमाण्डौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारीको मूल्य वृद्धि देखिएको छ भने केही उपज सस्तिएका छन्। केही वस्तु भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेका छन्।

