लगातार वर्षाले तरकारी उत्पादन घट्यो, मूल्य आकासियो
काठमाण्डौं । लगातारको वर्षाका कारण तरकारीबालीमा क्षति पुग्दा उत्पादनमा उल्लेख्य गिरावट आएको छ। मधेश प्रदेशको प्रमुख केन्द्र मानिने लालबन्दी थोक तरकारी बजारमा किसानहरूले पहिलेको तुलनामा निकै कम परिमाणमा हरियो तरकारी ल्याइरहेका छन्।व्यापारी मोहम्मद उस्मानका अनुसार एक हप्ताअघि दैनिक ८ क्विन्टलसम्म बोडी ल्याउने किसान अहिले मुस्किलले १–१.५ क्विन्टल मात्र ल्याइरहेका...

