टिम भेन्चर्सको हस्पिटालिटी क्षेत्रमा पहिलो लगानी, सोल्टी वेष्ट एन्ड इटहरीमा २७%इक्विटी साझेदारी
काठमाण्डौ । निजी इक्विटी तथा भेन्चर क्यापिटल कम्पनी टिम भेन्चर्सले हस्पिटालिटी क्षेत्रमा पहिलो पटक लगानी गरेको छ । कम्पनीले होटल गरिमा लिमिटेडमार्फत सञ्चालित सोल्टी वेष्टएन्ड इटहरीमा आफ्ना सहायक संस्थासहित २७ प्रतिशत इक्विटी हिस्सेदारी लिएको हो ।पूर्वी नेपालको उदाउँदो व्यावसायिक तथा ट्रान्जिट केन्द्र इटहरीमा अवस्थित सोल्टी वेष्ट एन्ड इटहरी पाँचतारे स्तरको होटल हो ।...

