तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने
काठमाण्डौ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ। यस वर्ष भदौ २९ गते परेको तीजका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।तीजमा पशुपतिनाथको दर्शनका लागि ठूलो संख्यामा भक्तजन आउने भएकाले भीड व्यवस्थापनलाई प्राथमिकतामा राख्दै मन्दिरमा प्रवेश तथा दर्शनका लागि विशेष व्यवस्था...

