माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त भएको छ । महतको ४ वर्षे कार्यकाल जेठ १५ गते समाप्त भएको हो । महत २०७७ जेठ १६ गते बसेको बैंकको सञ्चालक समितिबाट स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए ।