टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाण्डौ । टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति माग्दै कात्तिक ११ गते सेबोनमा निवेदन पेश गरेको हो ।

