ठूली भेरीको बजेटमा कृषि, पर्यटन र स्मार्ट सिटी योजनालाई प्राथमिकता
काठमाण्डौ । डोल्पाको ठूली भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड १३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै विकास र आर्थिक सशक्तीकरणका कार्यक्रमलाई केन्द्रमा राखेको छ। जिल्लामै पहिलो स्थानीय तहका रूपमा बजेट ल्याएको नगरपालिकाले रोजगारी वृद्धि, पूर्वाधार विस्तार र नागरिकको जीवनस्तर सुधारलाई लक्ष्य बनाएको जनाएको छ।

