धुलिखेल–खावा सडकखण्डमा राति सवारी बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाण्डौ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सडक स्तरोन्नतिको कामलाई अन्तिम चरणमा पुर्याउन आगामी १५ दिन रातिको समयमा सवारी आवागमनमा कडाइ गरिने भएको छ।कालोपत्रको कामलाई अवरोधरहित बनाउन जिल्ला सुरक्षा समितिले असार २२ देखि साउन ४ गतेसम्म विशेष ट्राफिक व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो।

