धनुषाका तीन स्थानीय तहमा बजेट प्रक्रिया रोकियो, नगरसभा समयमै हुन सकेन
काठमाण्डौ । धनुषा जिल्लाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक नीति, कार्यक्रम तथा बजेट समयमै सार्वजनिक गर्न नसकेपछि नगरसभा प्रक्रिया प्रभावित बनेको छ। जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले कानूनले तोकेको असार १० को समयसीमा भित्र नगरसभा सम्पन्न गर्न नसकेपछि बजेट प्रक्रिया अघि बढ्न सकेको छैन।

