अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?
काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघले जेठ २९ गतेदेखि लागू हुनेगरी अण्डाको मूल्य १५ रुपैयाँले बढाउने निर्णय गरेको हो ।जेठ २८ गते काठमाण्डौमा भएको संघको भुर्चअल बैठकमा अण्डा उत्पादकहरुको राय परमार्श र सिफारिस अनुसार चितवनलाई आधारमानि अण्डाको फार्म समर्थन मूल्य निर्धारण गरिएको हो ।

