आरएसडिसी लघुवित्तद्वारा ‘लघुवित्तको सफलताका लागि कर्मचारी सशक्तिकरण’ विषयक तालिम सम्पन्न
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ दिने ‘लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तिकरण’ विषयक तालिम आयोजना गरेको छ ।संस्थाले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभाग अन्तर्गत कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ग्राहक संरक्षण कोष अन्तर्गत उक्त तालिम आयोजना गरेको हो ।