सुरक्षा कारण देखाउँदै त्रिविले मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा रोक्यो
काठमाण्डौ । मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको असहज सुरक्षा अवस्थाका कारण त्रिभुवन विश्वविद्यालयले एमबीएस परीक्षाका ११ वटा परीक्षा केन्द्रको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको छ।त्रिविले शुक्रबार सूचना जारी गर्दै मधेश प्रदेशका सम्बन्धित केन्द्रमा सञ्चालन हुने परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो। विश्वविद्यालयका अनुसार प...

