देशलाई नयाँ दिशा दिने अवसर रास्वपासँग छ : उपेन्द्र यादव
काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकलाई नयाँ राजनीतिक दिशा र गन्तव्यतर्फ अघि बढाउने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देश परिवर्तनको आकांक्षा बोकेर अगाडि आएको राजनीतिक शक्तिका रूपमा रास्वपाले जन...

