हिमालयन रिका सीईओ उपासना पौडेल पक्राउ
काठमाडौं। विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको बीमा कारोबार प्रकरणमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ३९ वर्षीया पौडेललाई बिहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो। सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

