सूर्यमुखी तेल प्रकरणमा ओमकार आयलका सञ्चालक विजय श्रेष्ठ पक्राउ
काठमाण्डौं । सूर्यमुखी तेल ब्रान्ड ‘छहारी’ र ‘ओमकार’ उत्पादन गर्दै आएको ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा सूचना अधिकारी एसपी गौतम मिश्रका अनुसार श्रेष्ठ बिहीबारदेखि प्रहरी हिरासतमा छन् ।

