वर्षाका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा
काठमाण्डौं । लगातारको वर्षाका कारण अवरुद्ध भएको वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मर्मत कार्य सम्पन्न भएपछि बिहीबार बिहान ८्:३० बजेदेखि राजमार्गमा यातायात सञ्चालनमा आएको हो।

