वीरगञ्ज भन्सारले असोजमै लक्ष्यभन्दा बढी उठायो राजस्व, २६ अर्ब ७२ करोड संकलन
काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले एक महिनामै २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व उठाएको हो।असोजका लागि कार्यालयले २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। यस आधारमा लक्ष्यभन्दा करिब २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व संकलन भएको देखिन्छ।प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका...

