वीरगञ्ज महानगरले ४.४२ अर्बको बजेट सार्वजनिक, शहरी विकास र सेवा सुधारमा जोड
काठमाण्डौ । मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४ अर्ब ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। २०औँ नगरसभामा शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग तथा आधुनिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समग्र शहरी रूपान्तरण लक्ष्यसहित बजेट प्रस्तुत गरिएको हो।

