प्रशासनको सक्रियता बढ्दा ठगीपीडितलाई राहत, मोरङमा ९ करोडभन्दा बढी रकम र जग्गा फिर्ता
काठमाण्डौ । वैदेशिक रोजगारीका नाममा हुने ठगी र मिटरब्याजको समस्याविरुद्ध मोरङ प्रशासनले आक्रामक अभियान सञ्चालन गरेपछि सयौं पीडितले राहत पाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङको सक्रिय हस्तक्षेपका कारण चालु आर्थिक वर्षमा मात्रै करोडौं रुपैयाँ तथा जग्गाजमिन पीडितको स्वामित्वमा फिर्ता गराइएको छ।

