विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
काठमाण्डौं । विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनमाथि लगाइएको प्रतिबन्धविरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन् ।अनेरास्ववियु, अखिल क्रान्तिकारीसहितका संगठनहरूले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् ।

