आगामी आवमा विद्युत् उत्पादन क्षमता ५,३३५ मेगावाट पुर्याउने सरकारको लक्ष्य, एक वर्षमै थप १,०४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार आगामी एक वर्षमा थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने योजना रहेको छ।

