वन कर्मचारीद्वारा टेम्पो भीरबाट खसालिएको घट्नाको अनुसन्धान शुरु
काठमाण्डौ । कैलालीको गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा सडक किनारमा व्यापार गरेको आरोपमा डिभिजन वन कार्यालयका कर्मचारीले एक स्थानीय महिलाको टेम्पो धकेल्दै भीरबाट खसालेको आरोप लागेपछि घटना विवादमा परेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै व्यापक आलोचना भइरहेको छ।

