उखु किसानलाई १ अर्ब ५० करोड अनुदान दिने सरकारको निर्णय
काठमाण्डौ । सरकारले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई अनुदान वितरणसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी हुन्। मन्त्रीको निजी सचिवालयका अनुसार कार्यविधि स्वीकृत भएसँगै किसानलाई अनुदान वितरणको प्रक्रिया अघि बढ्नेछ।

