तीन जलवायु परियोजनाका प्रस्ताव स्वीकृत महत्त्वपूर्ण उपलब्धि भएको मन्त्री चौधरीको भनाइ
काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले नेपालसम्बद्ध तीन जलवायु अनुकूलन परियोजनाका प्रस्ताव अनुकूलन कोषबाट स्वीकृत हुनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छन्।विश्वभर जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेका बेला सीमित स्रोत भएको कोषबाट नेपालका प्रस्ताव अघि बढ्नु सकारात्मक भएको उनले बताइन्। यसले जलवायु परिवर्तनका असर सामना गर्न, विपद्...

