आज चार प्रदेशको तराईमा धेरै भारी वर्षाको सम्भावना, मधेशमा राति भारी पानी पर्न सक्ने
काठमाडौं। आज बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको प्रदेशगत मौसम पूर्वानुमानले देखाएको छ। यी प्रदेशमा दिउँसो र राति दुवै समय मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने उल्लेख छ।कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ। विशेषगरी तराईमा लगातार वा तीव्र...

