आज एकैपटक उज्यालो वा गोधूलिमा हुनेछ विश्वको ९९ प्रतिशत जनसंख्या
काठमाण्डौ । पृथ्वीको झुकाव र उत्तरी गोलार्धमा गर्मीयाम चलिरहेको समयका कारण बुधबार विश्वको झन्डै ९९ प्रतिशत जनसंख्याले एकै समयमा उज्यालो वा गोधूलि साँझको अनुभव गर्ने बताइएको छ।करिब ८ अर्ब २० करोड मानिसले अनुभव गर्ने यो दुर्लभ खगोलीय अवस्था ग्रिनविच मिन टाइम ९जीएमटी० अनुसार बिहान करिब ११ः१० बजे हुनेछ। नेपाली समयअनुसार भने यो अपराह्न ५ बजेर ५ मिनेट जाँदा पर्नेछ।करिब एक...

