सरकारद्वारा कृषि बीमाको २०% अनुदान रकम भुक्तानी
काठमाण्डौ । सरकारले कृषि बीमा अनुदान वापत साढे ४६ करोड रुपैयाँ भुक्तानी गरेको छ । निर्जीवन बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमालेख बिक्री गर्न बन्द गरेपछि अर्थमन्त्रालयबाट कृषि बीमाको अनुदान रकम ४६ करोड ४१ लाख रुपैयाँ निकासा भएको हो । निर्जीवन बीमा कम्पनीहरुले सरकारबाट पाउनुपर्ने अनुदान रकम नपाएपछि चैत १ गतेदेखि कृषि तथा पशुपन्छी बीमा पोलिसी बिक्री नै बन्द गरेका थिए ।...