अमेरिका–इरान वार्ता निर्णायक मोडमा, अस्थायी समझदारी नजिक
काठमाण्डौं । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनावका बीच अस्थायी युद्धविराम र आणविक वार्तालाई नयाँ ढाँचामा अघि बढाउने प्रयास तीव्र बनेको छ । दुवै पक्ष ६० दिने अन्तरिम समझदारीको नजिक पुगेको दाबी गरिए पनि अन्तिम राजनीतिक सहमति भने अझै टुंगो लाग्न बाँकी रहेको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन् ।

