नेपालका लागि आइएमएफको विस्तारित कर्जा सुविधा २०२६ जुलाईसम्म कायम
काठमाण्डौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि सञ्चालनमा रहेको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि दुई महिना थप गर्ने निर्णय गरेको छ। आइएमएफले बुधबार जारी गरेको विज्ञप्तिअनुसार अब उक्त कार्यक्रम सन् २०२६ जुलाई ११ सम्म लागू रहनेछ।

