अन्तर्राष्ट्रिय डिजिटल भुक्तानीमा नयाँ फड्को, एनआईसी एशियाले भित्र्यायो Apple Pay र Google Pay
काठमाण्डौ । एनआईसी एशिया बैंकले नेपालमै पहिलोपटक Apple Pay र Google Pay मार्फत हुने अन्तर्राष्ट्रिय भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको जनाएको छ।बैंकले असोज १६ गते जारी गरेको विज्ञप्तिअनुसार बैंकको ई–कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका मर्चेन्ट ग्राहकले अब Apple Pay तथा Google Pay मा आबद्ध Visa र Mastercard प्रयोगकर्ताबाट सहज र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन्।बैंकले आफ्नो CyberSource Payment Gateway...

